Wednesday, September 1, 2010
सदीक्षा भइन् मिस नेपाल
काठमाडौं, भदौ १६ (नागरिक) १७ जना प्रतियोगीलाई पछि पार्दै सदीक्षा श्रेष्ठ मिस २०१० नेपालको उपाधि हात पार्न सफल भएकी छन्। उपाधिसँगै उनले ५० हजार नगद र चेरी कार हात पारिन्। भाउ म्यागेजिनको 'टप टेन कलेज उमन'मा छानाइसकेकी सदीक्षा 'मिस ब्युटीफुल लेडी २००५' की सहभागी थिइन्। टेलिभिजन विज्ञापनमा मोडलिङ गरिसकेकी सदीक्षा बास्केटबल र घुमघाम मन पराउँछिन्।
फस्ट रनर अप साहरा बज्राचार्य भइन्। सेकेन्ड रनर अपको उपाधि संयुक्ता तिमल्सिना जितिन्। फस्ट रनर अप साहाराले ३५ हजार र महिन्द्रा रोडियो स्कुटर हात पारिन्। सेकेन्ड रनर अप संयुक्ताले २५ हजार नगद पाइन्।
प्रतियोगिताको फाइनल राउन्डमा विभिन्न जिल्लाका १८ युवतीबीच प्रतिस्पर्धा गराइएको थियो।
प्रतियोगितामा देशका विभिन्न जिल्लाहरूबाट सहभागिताका लागि ८० जनाले नाम दर्ता गराएका थिए। नाम दर्ता गराएका युवतीबाट ५० जना छानिएको थियो। त्यसपछि त्यो संख्यालाई २४ मा छाटिएको थियो र तालिमको दोस्रो हप्तामा १८ जनालाई अन्तिम प्रतिस्पर्धाका लागि योग्य घोषणा गरिएको थियो।
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment